२६ असार २०८३, शुक्रबार

युद्बविरामको घोषणापछि इजरायलद्वारा १२२ प्यालेस्टाइनीको हत्या

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाजा, ५ माघ । हमास र इजरायल बीचको युद्ब भोलिबाट समाप्त हुँदैछ ।

कतारको मध्यस्थतामा भएको १५ महिना लामो युद्बविरामले अब पुनर्निर्माणतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ । तर, युद्बविराम भएको घोषणा भएपछि भएका इजरायली हमलामा परी गाजामा मृत्यु हुनेको संख्या १२२ पुगेको त्यहाँको नागरिक रक्षा मन्त्रालयले जनाएको छ ।

हमास र इजरायल युद्धविराममा सहमत भएदेखि ३३ बालबालिका र ३४ महिलासहित कम्तिमा १२२ प्यालेस्टाइनी मारिएको एन्क्लेभको नागरिक रक्षाले जनाएको छ ।

सबैभन्दा बढी ९२ जना गाजा सहरमा छन् भने १९ जना खान युनिस र १० मध्य गाजामा र दुई जना दक्षिणमा रफाहमा मारिएको उद्धार सेवाका प्रवक्ता महमूद बसालले टेलिग्राममा बताएका छन् । उनका अनुसार युद्बविराम सम्झौतापछि २७० भन्दा बढी प्यालेस्टाइनी पनि घाइते भएका छन् ।