१५ असार २०८३, सोमबार

यू–१९ महिला विश्वकप : नेपालले दियो बंगलादेशलाई ५२ रनको झिनो लक्ष्य

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । मलेसियामा जारी आइसिसी यू–१९ महिला विश्वकपमा नेपालले झिनो लक्ष्य दिएको छ । आफ्नो पहिलो खेलमा शनिबार नेपालको ब्याटिङ नचल्दा नेपालले बंगललादेशलाई झिनो लक्ष्य दिएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अल आउट हुँदै ५२ रनको झिनो योगफलमात्रै तयार पार्न सकेको हो ।

नेपालकी ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन् भने सिमाना केसीले १० रन बनाउँदा अन्य नेपाली ब्याटरले दोहोरो अंकको रन जोड्न नसकेपछि बंगलादेशले झिनो लक्ष्य पाएको हो ।

बंगलादेशका जनाथन माओलाले २ तथा अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १/१ विकेट लिएका थिए ।