३० असार २०८३, मंगलबार

आजदेखि यू–१९ महिला विश्वकप, नेपालले पहिलो खेल बंगलादेशसँग खेल्दै

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । आइसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा सुरु भएको छ ।

दोस्रो संस्करणको विश्वकपमा नेपालसहित १६ देशको सहभागिता रहेको छ । विश्वकपमा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्दैछ । यो खेल मलेसियाको बांगीमा सवा १२ बजेबाट सुरु हुनेछ ।

नेपालले दोस्रो खेल सोमबार स्कटल्यान्ड र तेस्रो खेल बुधबार अष्ट्रेलियासँग खेल्नेछ । गत कात्तिकमा भएको एसिया क्षेत्र छनोटमा युएईलाई रनरेटले पराजित गर्दै नेपाल पहिलो पटक विश्वकपमा छनोट भएको थियो ।

नेपाली टोलीमा कप्तान पूजा महतोसँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा र सावित्रा धामी छन् ।

त्यस्तै, तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन् ।