
काठमाडौं, माघ ४ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको छ ।
अमेरिकी राष्ट्रिय मौसम सेवाले लस एन्जलस क्षेत्रमा लागेको भीषण डढेलोले कम्तिमा २५ जनाको मृत्यु भएको भने २ हजार तीन सयभन्दा बढी संरचनाहरू नष्ट भएको छ । स्थानीय अधिकारीहरूले डढेलोसँग सम्बन्धित कम्तीमा २६ जना अझै पनि बेपत्ता छन् । क्यालिफोर्नियाको वन तथा अग्नि सुरक्षा विभाग ९ क्याल फायरका अनुसार बुधबार बिहानसम्म दुई प्रमुख जङ्गली आगो, इटन र प्यालिसेड्स क्रमशः ४५ प्रतिशत र १९ प्रतिशत मात्र नियन्त्रणमा आएका थिए ।
गत हप्ता मङ्गलबार साँझ लागेको घातक इटन आगलागीले अल्टाडेना र पासाडेना नजिकै १४ हजार ११७ एकड ९५७।१ वर्ग किलोमिटर जमिन जलाएको थियो भने स एन्जलस क्षेत्रको सबैभन्दा ठुलो सक्रिय जङ्गली आगो, प्यालिसेड्स आगलागीले एक हप्तामा २३ हजार ७१३ एकड ९९५।९६ वर्ग किलोमिटर जलाइसकेको छ ।
ु









प्रतिक्रिया