
काठमाडौं, ३ माघ । महालक्ष्मी विकास बैंकले बालबालिकाहरुको भोलिको दिनहरुमा आइपर्न सक्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखि नै सम्बोधन गर्नेगरी बचत मै मुद्दती सरहको ब्याज पाइने महालक्ष्मी बाल बचत रिकरिङ डिपोजिट एकाउन्ट सञ्चालनमा ल्याएको छ ।
यस खाताअन्तर्गत बचतकर्ताले १ वर्षदेखि १० वर्षसम्म मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम निरन्तर रुपमा बचत गर्न सक्नेछन् जसबाट १ वर्षको व्यक्तिगत मुद्दती बराबरकै ब्याजको लाभ लिन सक्नेछन् ।
अभिभावकद्धारा सञ्चालन गर्न सकिने यस खातामा अवधि समाप्ती पश्चात एकमुष्ट रकम प्राप्त गर्न सकिनेछ । मुद्दती खाता जस्तो धेरै रकम पनि नचाहिने, मात्र ५०० रुपैयाँबाट समेत सुरुवात गर्न सकिने, ब्याज पनि आकर्षक पाइने, भोलिको दिनमा एकमुष्ट प्राप्त हुने रकमबाट आफ्नो बालबालिकाहरुको शिक्षादिक्षा तथा अन्य वित्तीय आवश्यकताहरुको परिपूर्ति गर्नसमेत सहज हुने भएकोले महालक्ष्मी बाल बचत रिकरिङ डिपोजिट खाता ग्राहकहरुको लागि एक उत्तम खाता हुन सक्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।








प्रतिक्रिया