
काठमाडौं, माघ २ । कालिकोटको शुभकालिका गाउँपालिका ४ मा बैशाख–जेठमा पाक्ने काफल पुषमै पाक्न सुरु भएको छ ।
शुभकालिका –४ स्वास्थ्यचौकीमा कार्यरत सि अहेव खगेन्द्र चौलागाईले वनमा काफल पाक्न सुरु भएको देख्दा आफूलाई अच्चम लागेको बताएका छन् । उक्त पाकेको काफलको फोटो केहि संचारकर्मीलाई पठाउदा समेत चासो नदिएको, सामाजिक संजालमा राख्दा पनि कसैले नपत्याएको बताएका छन् । स्थानिय बसि समेत बैशाखमा पाक्ने काफल पुस–माघमा पाक्नु अनौठो भएको अच्चमित भएका छन् ।
जलवायु क्षेत्रमा काम गर्नेहरुले यसलाई त्यसैको परिणाम भनेका छन् । कर्णाली एकीकृत बिकास तथा अनुसन्धान केन्द्र ९किर्डाक० नेपालको सहयात्रा परियोजनामा जलवायु समूहमा काम गरिरहनु भएका दिपेश आचार्यले जलवायु परिवर्तनको प्रभावले बेसिजनमा अनौठो तरिकाले परिवर्तन हुने गरेको बताउनुभयो ।
तराईमा अत्यधिक बढ्ने गर्मीले गैडा हिमालतिर सर्ने, उच्च तापमानका कारणले बैशाखमा पाक्ने फलहरु पुसमा पाक्न सुरु हुने यी सबै जलवायु परिवर्तनको कारणले भएको सुनाउनुभयो ।








प्रतिक्रिया