५ असार २०८३, शुक्रबार

गण्डकी प्रदेशको उज्यालो अभियान नाममा मात्र सिमित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, माघ २ । गण्डकी प्रदेशको उज्यालो अभियान मनाङको नार्पाभूमि गाउँपालिकामा नाममा मात्रै सिमित भएको छ । प्रदेश सरकारले हालसम्मा पनि सडक सञ्जालका सन्दर्भमा एक रुपैयाँ पनि नखर्चिएको स्थानीयले बताएका हुन् ।

गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहमध्ये एउटै मात्र सडक सञ्जालसँग नजोडिएको स्थानीय तह भनेको नार्पाभूमि गाउँपालिका हो । जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा रहेको नार्पाभूमि पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ ।

जम्मातीन सय ९६ जनसङ्ख्या रहेको यस पालिका राज्यविहीनकै अवस्थामा रहेको गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले बताए । उनका अनुसार गण्डकी प्रदेश सरकारले ल्याएको ‘उज्यालो गण्डकी प्रदेश अभियान’ सफल हुनेमा आफू विश्वस्त हुन नसकेको बताउदै सङ्घीयता कायम भएपछिका आठ वर्षसम्म पनि नार्पाभूमिको विकासमा राष्ट्रको नजर पर्न नसक्नु, सङ्घीयता कायम भएपछिका आठ वर्षसम्म पनि नार्पाभूमिको विकासमा राष्ट्रको नजर पर्न नसक्नु, अझै पनि सौर्य ऊर्जाको भरमा पालिका चलाउनुपरेको बताउँदै आफ्नो गाउँपालिकाप्रति दुख व्यक्त गरेकी छिन् ।

उच्च हिमाली क्षेत्र नार्पाभूमिको माथिल्ला सरकारसँग पहुँच नरहेको अवस्थामा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय भवन, बोर्डर आउट पोस्टलाई नै विकास मान्नुपर्ने अवस्था आएको अध्यक्ष लामाले बताउनुभयो ।

मनाङको नार्पाभूमिबाहेक नासोँ, चामे र मनाङ ङिस्याङ गाउँपालिका सडक सञ्जाल तथा विद्युतले छोएका छन् । यहाँ सन् २००३ देखि पर्यटकका लागि खुला गरिएको छ । चीनको नजिक पर्ने भएकाले खम्पाहरूले यहाँ आफ्नो कार्य क्षेत्र बनाएको पनि पाइन्छ ।