२६ जेष्ठ २०८३, मंगलबार

मर्क्योरले नेपालमा खोल्यो आफ्नो पहिलो होटल ‘मर्क्योर काठमाडौं सुकेधारा हाइट्स’

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । सन् १९७३ देखि स्थानीय अनुभवहरू प्रदान गर्न समर्पित मर्क्योरले नेपालमा यस ब्रान्डको पहिलो होटल मर्क्योर काठमाडौं सुकेधारा हाइट्स उद्घाटनको घोषणा गरेको छ । काठमाडौंको मुटुमा अवस्थित यो नयाँ होटलले प्रत्येक ठाउँका मौलिकता प्रस्तुत गर्ने मर्क्योरको प्रतिबद्धता प्रतिबिम्बित गर्दै सबै यात्रुहरूलाई न्यानो र आत्मीय बसाइ प्रदान गर्दछ।

मर्क्योर काठमाडौं सुकेधारा हाइट्सका सोचविचार गरेर डिजाइन गरिएका हरेक कोठामा काठमाडौंको भावना भरिएका छन् । पाहुनाहरूले अत्याधुनिक सुविधा, प्राकृतिक प्रकाश र फराकिलो दृश्यावलीसहित शहर वरपरका डाँडाकाँडा र शानदार हिमालहरुका मनोरम दृश्यहरू देखिने सबै कोठाहरू रुम कन्फिगरेसनको दायराबाट छनौट गर्न सक्छन् । परम्परागत नेपाली सजावटसँग आधुनिक डिजाइन मिसिएको भित्री भागहरूले यस ठाउँको समृद्ध सम्पदा झल्काउने आत्मीय वातावरण सिर्जना गर्दछ ।

होटलको अर्को आकर्षण भनेको विविधतायुक्त पकवानहरूको अनुभव पनि हो । दिनभरि चल्ने भोजन रेस्टुरेन्ट डाइनले अन्तर्राष्ट्रिय क्लासिक्सदेखि प्रामाणिक स्थानीय स्वादसम्मको मेनु प्रदान गर्दछ । सोप्रा इटालियनले अथेन्टिक इटालियन खाना प्रदान गर्दछ भने जाइकाले परम्परागत भारतीय खाना र यसका मसलाहरूको बास्ना प्रदान गर्दछ । थप आरामदायी वातावरण खोज्नेहरूका लागि शुक्र बारले भित्री र बाहिरी दुवै सिटहरु भएको रूफटप लाउन्ज सेटिङ प्रदान गर्दछ जुन रोमान्चक दृश्यहरूको आनन्द लिनको लागि उत्तम छ।

पाहुनाहरूले होटलको रूफटप इन्फिनिटी पूलमा काठमाडौं उपत्यकाका दृश्यहरू हेर्दै आराम गर्न सक्ने छन् भने स्टीम र साउना सुविधासहितको अत्याधुनिक फिटनेस सेन्टरमा आफूलाई रिचार्ज गर्न पनि सक्नेछन् । आफ्नो बसाइको समयमा पाहुनाहरूले यी सुविधाहरू लिन सक्छन् ।

मर्क्योर काठमाडौं सुकेधारा हाइट्सले विवाहदेखि कर्पोरेट बैठक र सामाजिक उत्सवहरूसम्मका कार्यक्रम र जमघटहरूको लागि उपयुक्त स्थान पनि प्रदान गर्दछ । समर्पित कार्यक्रम टोलीले एक निर्बाध र यादगार अनुभव प्रदान गर्दै प्रत्येक अवसरलाई पूर्ण बनाउने छन् ।

‘मर्क्योर काठमाडौं सुकेधारा हाइट्सको उद्घाटन एसियाभरि एकोरको विस्तार यात्रामा एक प्रमुख कोसेढुङ्गा हो । यो होटल हामीले सेवा गर्ने गन्तव्यहरूको समृद्ध संस्कृति र सम्पदाको उत्सव मनाउँदै यात्रुहरूलाई विशिष्ट र इमर्सिभ अनुभवहरू प्रदान गर्न प्रतिबद्ध छ । मर्क्योर काठमाडौं सुकेधारा हाइट्सले प्रत्येक स्थानको सम्पदा प्रबर्धन गर्ने हाम्रो लक्ष्यलाई मूर्त रूप दिन्छ’, एकोरका प्रिमियम मिडस्केल र इकोनोमी डिभिजन एसियाका चिफ अपरेटिंग अफिसर गार्थ सिमन्सले भने ।

‘मर्क्योरसँग सहकार्य गरी यो सम्मानित ब्रान्डलाई नेपालमा ल्याउन पाउँदा हामी गौरवान्दित र्छौ’, द मेट्रोपोलिटन होटल प्राइभेट लिमिटेडका अध्यक्ष देश बन्धु बस्नेत (अजित)ले भने ‘नेपालको जीवन्त संस्कृति र परम्परालाई अँगाल्दै असाधारण आतिथ्य प्रदान गर्ने हाम्रो साझा दृष्टिकोण अनुसार यो साझेदारी गरिएको हो । मर्क्योर काठमाडौँ सुकेधारा हाइट्स अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको समृद्ध सम्पदा दुवै प्रदान गर्दै पाहुनाका लागि विशेष अनुभवहरू सिर्जना गर्न प्रतिबद्ध छ।’

यात्रुहरूको रोमन देवता मर्क्युरीबाट प्रेरित मर्क्योर होटलहरू सुत्ने ठाउँ मात्र होइनन्, यी त गन्तव्यका पोर्टल हुन्, ठाउँहरूको खोज र अन्वेषण गर्ने न्यानो निमन्त्रणा हुन् । सन् १९७३ मा स्थापना भएदेखि मर्क्योर पाहुनाहरूका लागि एक इमर्सिभ अनुभव सिर्जना गर्दै प्रत्येक गन्तव्यका सम्पदाहरू प्रबर्धन गर्न समर्पित छ । ६० भन्दा बढी देशहरूमा १,००० भन्दा बढी होटलहरूको विश्वव्यापी पोर्टफोलियो भएको र २२० भन्दा बढी अन्य संरचनाहरू विकास गर्दै गरेको मर्क्योर प्रत्येक गन्तव्यका मौलिकता प्रवर्द्धन गर्न समर्पित रहेको छ ।