८ असार २०८३, सोमबार

नेशनल लाईफले ल्यायो बाल अमृत–४ सावधिक बीमालेख

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना वरिष्ठ अभिकर्ताहरुको राय सुझाव र मागलाई मध्येनजर गर्दै कम्पनीको बहुचर्चित बाल अमृत बीमालेखअन्तर्गत बाल अमृत–४ सावधिक बीमालेख प्रस्तुत गरेको छ ।

जुम मिटिङमार्फत जोडिएका कम्पनीका सबै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरु, वरिष्ठ अभिकर्ताहरुका साथै केन्दी्रय कार्यालयका विभागीय प्रमुखहरु सम्मिलित एक समारोहका बीच प्रमुख कार्यकारी अधिकृत सुरेश खत्रीले बीमालेखको उद्घाटन गर्दै विगतमा पनि अभिकर्ता तथा बीमित वर्गहरुले अत्यन्तै रुचाएको बाल अमृत बीमालेखलाई अझ बढी परिष्किृत गरी बाल अमृत सावधिक बीमालेख –४ योजना प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुशी लागेको र बाल बच्चाको सुमधुर भविष्यसंग सम्बन्धित यो योजना कम्पनीकै एक अब्बल योजना रहेको बताए ।

यस बीमालेख योजनाका विशेषताहरुका सम्बन्धमा बजार विभाग प्रमुख विवेक शर्माले प्रष्ट्याउँदै यस बीमालेखमा बीमितको प्रवेश उमेर न्यूनतम १ महिना (३०) दिन र अधिकतम १५ वर्ष, प्रस्तावकको उमेर न्यूनतम २० वर्ष र अधिकतम ५० वर्षसम्म रहने प्रावधान रहेको जानकारी गराए । यस बीमालेखमा प्रस्तावकको रुपमा बुवा, आमा वा कानुनी संरक्षक हुनुपर्नेछ । बीमांक रकम न्यूनतम १ लाख र अधिकतम आयश्रोतको आधारमा ५० लाखसम्म लिन सकिने यस बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ र बीमा शुल्क मासिक, त्रैमासिक अर्धवार्षिक र वार्षिकरुपमा बुझाउन सकिने व्यवस्था गरेको छ ।

यसैगरी, यस बीमालेख योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० वर्ष रहेको छ साथै चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुटलगायतका अन्य सुविधाहरु पनि यस बीमालेखमा रहेको उनले बताए । यस बीमालेखलाई प्रवद्र्धन गर्ने उदेश्यले बीमित तथा अभिकर्ताहरुका लागि बीमालेख आरम्भ सप्ताह प्रोत्साहन योजना पनि लागू गरिएको बताए । साथै, उनले सम्पूर्ण अभिकर्ता, बीमित र कम्पनीका शुभेच्छुकहरुले कम्पनीको मोबाइल एप्स, वेब साईट र नेपालभर रहेको जुनसुकै शाखा कार्यालयहरुमा गएर पनि यससम्बन्धी विस्तृत जानकारी लिन सकिने व्यवस्था गरिएको बताए ।