२१ जेष्ठ २०८३, बिहिबार

अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । बुधवार मलेसियाको रोयल सेलान्गोर क्लबमा भएको खेलमा नेपाल अमेरिकासँग पाँच विकेटले पराजित भएको छ । यसअघि पहिलो अभ्यास खेलमा पनि नेपाल वेस्ट इन्डिजसँग नौ रनले पराजित भएको थियो ।

जितका लागि नेपालले दिएको ५९ रनको सहज लक्ष्य अमेरिकाले १४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो भने अमेरिकाका लागि इसानी वाघेलाले सर्वाधिक २४ रन, पूजा शाहले १० रन, र बलिङमा नेपालकी रिया शर्माले तीन विकेट र कप्तान पूजा महतोले एक विकेट लिएका थिए ।

नेपालले समूह चरणको पहिलो खेल आगामी माघ ५ गते बङ्गलादेशसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । त्यस्तै दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् । त्यस्तै समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया रहेका छन् ।