११ असार २०८३, बिहिबार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । नेपाली बजारमा आज सुनको भाउ तोलामा चारसय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला चारसय रुपैयाँले बढेर १ लाख ५५ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ५५ हजार रुपैयाँ कायम रहेको थियो ।

यता, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १८ सय ३० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय २० रुपैयाँ कायम रहेको थियो ।