
काठमाडौं, २९ पुस । शिवम् सिमेन्ट लिमिटेडको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शिवम् सिमेन्टका सञ्चालक अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न सभाले आ. व. २०८०/०८१ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाखको ८.५५ प्रतिशतका दरले हुने ४२ करोड ९८ लाख ८ हजार ५ सय रुपैयाँ बराबरका १०० रुपैयाँ दरका ४२ लाख ९८ हजार ८५ थान बोनस शेयर र यस बोनश शेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.४५ प्रतिशतका दरले हुने २ करोड २६ लाख २१ हजार ५०० रुपैयाँ नगद लाभांशसहित कुल जम्मा ९ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनी सञ्चालक समितिको निर्णयले वार्षिक साधारणसभा समक्ष पारित गर्न प्रस्तावित वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका विवरणहरु पारित गर्ने, आगामी आ. व. २०८१/०८२ का लागि लेखापरीक्षक नियुक्त गर्नेसमेतका सामान्य प्रस्तावहरु र बोनस शेयर वितरण गरे पश्चात कम्पनीको चुक्ता र जारी पुँजीसमेत वृद्धि भई कम्पनीको जारी तथा चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५ सय रुपैयाँ कायम गर्नेसमेतका सबै सामान्य र विशेष प्रस्तावहरु पारित गरी वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।









प्रतिक्रिया