२६ असार २०८३, शुक्रबार

लक्ष्मी सस्टेनेवल ईनर्जी फण्डको पहिलो वार्षिक साधारणसभा सम्पन्न

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । लक्ष्मी सनराइज बैंक प्रायोजक र लक्ष्मी सनराइज क्यापिटल कोष व्यवस्थापक रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको पहिलो वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ ।

नवीकरणीय उर्जा तथा दिगो विकासलाई टेवा दिई आर्थिक समृद्धिको लागि लगानी गर्ने उद्देश्य रहेको यस कोषले विभिन्न जलबिद्युत तथा दिगो उर्जा क्षेत्रमा लगानी गरेको छ ।

लक्ष्मी सस्टनेवल इनर्जी फण्ड नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त प्राइभेट इक्विटी कोषको आकार एक अर्ब रुपैयाँको रहेको छ । कोषमा संकलित रकमको ९० प्रतिशत रकम दिगो उर्जा क्षेत्रमा लगानीका लागि विनियोजन गरेको छ र १० प्रतिशत रकम अन्य विविध क्षेत्रमा लगानी गर्ने कोषको योजना रहेको छ ।