
काठमाडौं, २९ पुस । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३७ अंकले बढेको छ । यससँगै सूचक २६१०.०५ विन्दुमा आएको छ ।
११ लाख ४९ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ४२ कम्पनीको १ हजार २ सय १३ कित्ता शेयर कारोबार भएको छ ।
१२ कम्पनीको भाउ बढेको छ भने २७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५८ वटा कारोबार भएको हो ।








प्रतिक्रिया