३० जेष्ठ २०८३, शनिबार

महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा, यस्तो छ खेल तालिका

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । नेपाल क्रिकेट संघ (क्यान)ले महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा गरेको छ ।

आइतबार क्यानले महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा गरेको हो । काठमाडौंमा जनवरी ३० देखि फेब्रुअरी ८ सम्म हुने यो प्रतियोगितामा नेपालसहित नेदरल्याण्डस् र थाइल्याण्ड सहभागी हुने भएका छन् ।

तीन देशले एक अर्कासहित ३–३ खेल खेल्ने छन् र शीर्ष दुई स्थानमा हुने देश फाइनलमा पुग्ने छन् । सिरिजको फाइनल खेल फेब्रुअरी ८ मा हुने छ ।

क्यानका अनुसार टियु अन्तर्राष्टिय क्रिकेट मैदानमा हुने सिरिज मध्यान्ह सवा १२ बजेदेखि सुरु हुनेछ ।