५ श्रावण २०८३, मंगलबार

विगत ५० वर्षमा क्यालिफोर्नियामा ७८ बढी ठूला आगलागी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्यालिफोर्निया, २७ पुस । विगत ५० वर्षमा क्यालिफोर्नियामा ७८ भन्दा बढी आगलागी भएका छन् ।

क्यालिफोर्नियामा धेरै वर्षदेखि खडेरीको अवस्था रहेको छ । यो क्षेत्रमा चिसोको कमी छ । यसबाहेक यो राज्य अमेरिकाका अन्य क्षेत्रहरू भन्दा धेरै तातो पनि रहेको छ । जसका कारण गर्मी मौसममा यहाँ जंगलमा आगलागी हुने गरेको छ ।

यो क्रम वर्षायाम नआएसम्म जारी रहन्छ । तर, पछिल्ला केही वर्षयता हरेक मौसममा आगलागीका घटना बढ्दै गएका छन् ।

विगत ५० वर्षमा क्यालिफोर्नियाको जंगलमा ७८ वटा भन्दा बढी ठूला आगलागी भएका छन् । क्यालिफोर्नियामा जंगल नजिकको आवासीय क्षेत्रहरू बढेका छन् । यस्तो अवस्थामा आगलागी हुँदा क्षति बढी हुने गरेको हो ।

सन् १९३३ मा लस एन्जलसको ग्रिफिथ पार्कको आगलागी क्यालिफोर्नियाको सबैभन्दा ठूलो आगलागीको घटनाको रूपमा लिइन्छ । यो बेला करिब ८३ हजार एकड क्षेत्रफल ओगटेको थियो । करिब ३ लाख मानिस घरबार छोडेर अन्य सहरमा जान बाध्य भएका थिए ।