
काठमाडौं, २६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धरौटीमा रिहा भएपछि न्यायलयप्रति विशेष आभार व्यक्त गरेका छन् ।
न्याय प्रणालिमा विश्वास गर्ने ठाँउ भएको उनले उल्लेख गरेका छन् । अझै धेरै लडाइँ बाँकी भएकाले पछि समय आएपछि नबोल भनेपनि बोल्ने लामिछानेले बताए ।
रविसहित सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादीलाई बिहीबार कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।
न्यायाधीश नीतिज राईको एकल इजलासले आदेश दिए लगत्तै रविले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले खुशी हुँदै नाराबाजी गरेका थिए । काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थिति हुने शर्तमा प्रहरीले रविलाई परिवारको जिम्मा लगाएको हो ।
रविसहित छविलाल जोशी, रामबहादुर खनाल, लिला पछाईं, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङले बिहीबार नै धरौटी बुझाएर रिहा भएका हुन् ।









प्रतिक्रिया