३१ असार २०८३, बुधबार

वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस ।  इङ्लिस क्लब वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर नियुक्त भएका छन् ।

बुधबार मात्रै जुलेन लोपेटेगुइलाई बर्खास्त गरेको क्लबले पोर्टरलाई नियुक्त गरेको हो । समाचार अनुसार पोर्टरले साढे दुई वर्षको सम्झौता गरेका छन् ।

सन् २०२३ मा अर्को इङ्लिस क्लब चेल्सी छाडेयता पोर्टर क्लब विहीन अवस्थामा रहेका थिए ।

लोपेटेगुइले मात्रै ६ महिना वेस्टह्यामको प्रशिक्षण सम्हाल्ने मौका पाए । इङ्लिस प्रिमियर लिगमा वेस्टह्याम २० खेलमा २३ अंकका साथ १४औं स्थानमा छ ।