
काठमाडौं, २३ पुस । मितेरी सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज दोस्रो पटक काँग्रेस उपसभापति धनराज गुरूङसँग बयान लिएको छ ।
बयानमा गुरूङले पूर्व श्रीमतीले लिएको ऋण आफूले अहिले पनि तिरिरहेको र अझै तिर्ने बताएका छन् । सबै कारोबार पत्नीले गरेको र उनीसँग सम्बन्ध बिच्छेद भएपछि कुनै सम्पर्क नभएको उनले दावी गरे ।
पत्नीसँग सम्बन्ध बिच्छेदपछि पनि रोक्का रहेको घर धितोमा राखेर १२ करोड रुपैयाँ ऋण लिएको र त्यसको दायित्व बढेर अहिले ८४ करोड पुगेको बारे सिआइबीले सोध्दा उनले इन्कारी बयान दिए । बयानमा धनराजले ‘मलाई केही थाहा छैन, जाने, बुझेको र तिर्नुपर्ने कुरा तिरेकै छु, अझै पनि तिर्छु’ भनी बयान दिएका छन् ।








प्रतिक्रिया