३१ असार २०८३, बुधबार

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकारात्मक कदम चालेको एमालेको निष्कर्ष

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रणका लागि सकारात्मक कदम चालेको निष्कर्ष निकालेको छ ।

आज सम्पन्न केन्द्रीय कमिटी बैठकले भ्रष्टाचारीविरूद्ध सरकार निर्मम ढंगले प्रस्तुत भएको निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौमतले बताए ।

उनले भने, ‘अनुसन्धान, अभियोजन र न्याय निरूपणका लागि स्थापित राज्यका निकायहरूलाई अझ अधिकारसम्पन्न र साधनस्रोतले युक्त बनाउन, भ्रष्टाचारका विरूद्ध सामाजिक जागरण वृद्धि गर्न, सहकारी बचतकर्ताहरूको रकम सुरक्षितसाथ फिर्ता हुने कुरा सुनिश्चित गर्न, अनियमिततामा मुछिएका जोसुकैका विरूद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी चर्चामा रहेका सबै प्रकरणहरूको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पु¥याउन सरकारको ध्यानाकर्षण गरेका छौं ।’