२ श्रावण २०८३, शनिबार

नेपाल लाइफ क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा लामिछाने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ ।

साधारण सभाले आ.व. २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित र आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ सञ्चालक समिति चयन गरेको छ । सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेमप्रसाद रेग्मी निर्विरोध चयन भएका छन् ।

साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको सञ्चालक समितिको ११०औं बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।