३ असार २०८३, बुधबार

नेपालमा आज कहाँ–कहाँ भूकम्पको कडा धक्का महसुस ?

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । आज बिहान ६ः५० बजे चीनको तिब्बत प्रान्तको दिंगे काउन्टीमा गएको शक्तिशाली भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको छ ।

तिब्बतमा ७.० म्याग्निच्युडको भूकम्प जाँदा नेपालमा ५.३ म्याग्निच्युडको धक्का महसुस भएको थियो ।

भूकम्पको धक्का विशेषगरी नेपालको कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरूमा बढी महसुस गरिएको छ ।

भूकम्पले केही क्षण हल्लाए पनि ती जिल्लाहरूको स्थिति सामान्य रहेको र हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरूले जनाएका छन् । यद्यपि, तिब्बतमा भने भूकम्पको कारण ठूलो जनधनको क्षति भएको छ ।

चिनियाँ सञ्चार माध्यमका अनुसार हालसम्म ५३ जनाले ज्यान गुमाएका छन् । साथै, सयौं मानिस घाइते भएका र दर्जनौं घर तथा कार्यालयहरूमा क्षति पुगेको जनाइएको छ ।