
काठमाडौं, २३ पुस । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।
मंगलबार बिहान काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेशका भू-भागमा पनि भुकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार त्यस क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको थियो । थप विवरणहरु आउन बाँकी छन् ।








प्रतिक्रिया