२२ असार २०८३, सोमबार

शिक्षामन्त्रीको आश्वासनपछि नेत्र चापागाईंलेले तोडे धर्ना

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईंले आफ्नो धर्ना तोडेका छन् ।

नयाँ शिक्षा ऐन तत्काल जारीगर्नुपर्नेलगायतका माग राखेर धर्ना दिइरहेका चापागाईंले सोमबार शिक्षामन्त्री विद्या भट्टराईको भेटपछि धर्ना तोडेका हुन् ।

शैक्षिक सुधारको माग लिएर माइतीघर मण्डलामा हप्ता दिनदेखि उभिएर धर्नामा बसेका चापागाईंको स्वास्थ्य अवस्था बुझ्न र संवाद गर्न शिक्षामन्त्री विद्या भट्टराई माइतीघर मण्डला गएकी थिइन् । चापागाईंलाई भेटेपछि मन्त्री भट्टराईले सबै मागहरु पूरा गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

उनले भनिन् ,‘तपाईंले गरेका धेरै मागहरु सम्बोधन गर्न सकिने छन् । सरकारले पूरा गर्ने छ । मैले यो सब बोल्नको लागि मात्र बोलेको होइन । केही कुराहरु कार्यदल बनाएर सुरु भैइसकेका छन् । कार्यदलले दिएको सिफारिसका आधारमा आउने बजेटमा नीति कार्यक्रमहरुलाई लगेर जान्छु । मैले गरेका कुराहरु भए की भएन भनेर भोली जवाफदेहिता खोज्ने अधिकार मसँग रहन्छ । मन्त्री हुँदा कार्यान्वयन गर्छु, भएन भने पनि संसदमा रहन्छु र सरकारलाई काम गर्नको लागि अगाडि बढाउछु ।’

शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाईं सातै प्रदेशमा दुई–दुई घण्टा उभिएर काठमाडौं आएका थिए ।काठमाडौंमा उनी उभिन थालेको सोमबार आठौं दिन हो । खुट्टा सुन्निएपछि उनी बैशाखीको सहारामा उभिएर आन्दोलनलाई निरन्तरता दिएका थिए ।

विद्यार्थीको छात्रवृत्ति पाँच हजार बनाउनुपर्ने, विद्यालयमा सय युनिट बिजुली र पानी निशुल्क गर्नुपर्ने उनको माग थियो । यसैगरी उनले विद्यार्थी, शिक्षक र कर्मचारीसँग सम्बन्धित सार्वजनिक शिक्षा सुधारका १५ सुत्रीय माग राखेका थिए ।