१९ असार २०८३, शुक्रबार

भद्रपुर उडेको विमानमा समस्या देखिएपछि पुनः काठमाडौं नै फर्काइयो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको विमानमा समस्या देखिएको छ ।

बुद्ध एयर उडान नं ९५३ को कलसाइन नाइनएन(एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि जहाजलाई पुनः काठमाडौं नै फिर्ता गरेर अवतरण गराइएको हो ।

विमान ११:१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । विमानका यात्रुलाई अर्को जहाजबाट पठाउने तयारी भइरहेको छ ।