१६ असार २०८३, मंगलबार

छविलाल जोशीको बयान- रवि र जीबीले मेरो हस्ताक्षर कीर्ते गरे

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । गोर्खा मिडियाका सञ्चालकसमेत रहेका पूर्वडीआईजी छविलाल जोशीले जीबी राई र रवि लामिछानेले आफ्नो हस्ताक्षर कीर्ते गरेको आरोप लगाएका छन् ।

स्वर्णलक्ष्मी सहरकारी ठगी प्रकरणमा बयान दिने क्रममा उनले जीवी र रविले आफ्नो हस्ताक्षर कीर्ते गरेका आरोप लगाएका हुन् । आफ्नो हस्ताक्षर कीर्ते भएको थाहा पाएपछि सहकार्य छाडेको अभियोगपत्रमा दावी गरिएको छ ।

अभियोगपत्रमा भनिएको छ, ‘मेरो अनुपस्थितिमा प्रतिवादी गितेन्द्रबाबु राई र रवि लामिछानेले मिति २०७७–०७–०४ गते कम्पनीमा बसेको बैठकमा गरिएको निर्णय माइन्युटलगायतका कागजातहरुमा मेरो कीर्ते हस्ताक्षर गरी कम्प्नीको प्रबन्ध पत्र संशोधन गर्ने र कम्पनीको उद्देश्यमा थप गर्ने निर्णय गरेको कुरा थाहा पाई निजहरुको गलत नियत बुझी उक्त दिनदेखि नै आफू निजहरुसँग बसी कम्पनीमा काम गर्नुहुँदैन भन्ने ठानी मैले निजहरुसँग सहकार्य गर्न छाडेको हुँ ।’