१७ असार २०८३, बुधबार

रास्वपाले गठन गर्‍यो ‘संविधान परिमार्जन सुझाव कार्यदल’

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ ।

आइतबार रास्वपाले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको हो ।

कार्यदलले सातवटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविदसँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने छ ।

कार्यदलमा कान्तिशिखा धिताल, डाक्टर नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डाक्टर तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले रहेका छन्।

साथै कार्यदलले सातवटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहनेछन् ।