
काठमाडौं, १९ पुस । भेपमा सुन तस्करी गरेको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ।
सम्पत्ति शुद्धीकरण विभागले उनीहरुविरुद्ध मुद्दा चलाउनु पर्ने प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ११ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो।
यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूविरूद्व आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिसकेको छ ।







प्रतिक्रिया