८ असार २०८३, सोमबार

लेखा समितिका सभापति पोखरेलले हटाए स्वकीय सचिव

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्ना स्वकीय सचिवलाई पदबाट हटाएका छन् । उनले आज स्वकीय सचिव अनिलकुमार पोखरेललाई पदबाट हटाएका हुन् ।

एमबिबिएस डाक्टर पढाउने भन्दै ३८ लाख ८० हजार रुपैयाँ लिएको खबर बाहिरिएपछि सभापति पोखरेलले शुक्रबार स्वकीय सचिवलाई निकालेका हुन्। उनले अनुसन्धानमा सहयोग पुगोस् भनेर आफूले पोखरेललाई स्वकीय सचिवबाट हटाएको उल्लेख गरेका छन् ।

‘मेरो स्वकीय सचिवको रुपमा कार्यररत अनिलकुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचारप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ,’ पत्रमा उल्लेख छ, ‘उनीमाथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारबाट आजैको मितिदेखि लागु हुने गरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु।’