४ श्रावण २०८३, सोमबार

राखेपका नवनियुक्त ८ सदस्यले लिए शपथ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रमा ठूलो परिवर्तन आवश्यक भएको औंल्याएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा नवनियुक्त आठ बोर्ड सदस्यहरुलाई शपथ ग्रहण गराउँदै उनले राखेपले परिणाममूखी भएर काम गर्न निर्देशन पनि दिए । उनले सदस्यहरुलाई सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित समारोहमा सदस्यहरुलाई शपथ गराएका हुन् ।

शपथ ग्रहण गर्ने सदस्यहरुमा शान्तकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) छन् ।

मन्त्री चौधरीले राखेपमा नियुक्त भएका सबै सदस्यहरुलाई बधाई दिँदै आफनो चार वर्षे कार्यकालमा उत्कृष्ट काम गर्न आग्रह पनि गरे ।

यही पुस ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले राखेपमा रिक्त रहेका बोर्ड सदस्यमा आठ जनालाई नियुक्त गरेको थियो ।