२८ असार २०८३, आइतबार

गालीगलौजले देश बन्दैन, रावलको आरोप प्रचण्डको कपी : एमाले

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । नेकपा (एमाले) ले केपी ओलीमाथि भीम रावलले लगाएको आरोप पुष्पकमल दाहाल प्रचण्डले लगाएको १९ बुँदे आरोपको ‘कपी पेस्ट’मात्र भएको जनाएको छ ।

बिहीबार च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २०७७ साल कात्तिकमा यीनै भाषामा प्रचण्डले १९ पेजको आरोप लगाएको भन्दै त्यही आरोपको कपी पेस्टमात्र नेता रावलले लगाएको बताए ।

उनले भने,‘२०७७साल कात्तिकमा लगभग यिनै भाषामा प्रचण्डले १९ पेजको आरोप लगाउनु भएको थियो । एक किसिमले कपी पेष्ट हो । त्यसले उहाँभित्र कति नकारात्मक कुराले भरिएको प्रष्ट भएको छ । गालीगलौजले देश बन्ने भए एक जमानामा प्रचण्ड र बाबुराम भट्टराईको डिक्स्नेरीमा भएका शब्द खोजीखोजी गाली गर्नुहुन्थ्यो । रवि लामिछानेजीहरू त्यसैगरी नै उदाउनुभयो । गालीगलौजले देश बन्दैन ।’

त्यस्तै,उनले रावलले ३१ पृष्ठको दस्ताबेजमा ३० पृष्ठ एक प्यारा गालीगलौज अनि पौने प्यारा अभियान चलाउँछु भनिसकेपछि पार्टीमा कुनै छलफल गरिरहनु पर्ने गम्भीर विषय नरहेको पनि बताए ।

उनले भने,‘३१ पृष्ठको दस्ताबेजमा ३० पृष्ठ एक प्यारा गालीगलौज अनि पौने प्यारा अभियान चलाउँछु भनिसकेपछि कुनै छलफल गरिरहनुपर्ने गम्भिर विषय लागेन । अपेक्षित नै हो यो । पार्टी त्यही कारण उहाँको सदस्यता कायम नरहने निष्कर्षमा पुगेको हो ।’