३० जेष्ठ २०८३, शनिबार

एमाले सचिवालय : केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन पारित

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । नेकपा (एमाले) को सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

आज पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन पारित गरेको हो। केन्द्रीय समिति बैठक पुस २१ र २२ गते बस्दैछ ।

राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयको गम्भीर विवेचना गरिएको साथै एमाले र कांग्रेसकाबीचमा किन नयाँ सहकार्य गर्नुपर्‍यो भन्नेबारे पनि प्रतिवेदनमा विश्लेषण गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।