
रौतहट, १८ पुस । चोरको समूहले सुरुङ बनाएर रौतहटको एक घरमा चोरी गरेका छन् । फतुवा विजयपुर नगरपालिका वडा नम्बर–६ पेटभर्वाका अच्छेलाल साहको घरमा चोरी भएको हो ।
बुधबारको रातिकरिब १२ बजेको समयमा सुरुङ बनाइघरमा प्रवेश गरेर चोरी गरेको स्थानीय राजकिशोर साहले बताए । उनकाअनुसार पाँचवटा मोबाइल गरगहना र नगददुई लाख गरी करिब पाँचलाख बराबरको चोरी भएको छ ।
गाउँको युवाहरूले चोरी भएको मोबाइलको आधारमा खोजी गर्दै जाँदा फतुवागाउँको मठको नजिक चारवटा चोर फेला परेको उनले जानकारी दिए ।
चोरी भएको मोबाइलहरू र गरगहना र रकम त्यहीबाट बरामद भएपछि युवाहरूले इलाका प्रहरी कार्यालय विजयपुर बुझाएका छन ।
केही दिनआघि पेटभर्वा गाउँकै चारवटा घरमा चोरी भएको थियो । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेकाको बारेमा अनुसन्धान भइरहेको छ ।









प्रतिक्रिया