
काठमाडौं, १८ पुस । कर्णाली प्रदेश स्तरीय संयन्त्रको बैठक बसेको छ । कर्णाली प्रदेश सरकारका सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेस सम्मिलित सरकार संचालन प्रदेश स्तरीय संयन्त्रको पहिलो बैठक आज नेकपा एमाले प्रदेश पार्टी कार्यालय सुर्खेतमा बसेको हो ।
प्रदेश स्तरीय संयन्त्रका प्रमुख तथा एमाले कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीको अध्यक्षतामा बसको उक्त बैठकले सरकारले गरेका उपलब्धिको समीक्षा गर्दै थप प्रभावकारी र सफल बनाउन दुबै दलले रचनात्मक भुमिका खेल्ने लगायत निर्णय गरेको हो ।
बैठकमा सहभागी कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेलले प्रदेश सरकारले गरेका महत्त्वपूर्ण कामको जानकारी दिएका छन् । बैठकमा मुख्यमन्त्री सहितएमालेका प्रदेश ईन्चार्ज एवं पार्टी स्थायी कमिटी सदस्य गोरख बोगटी, प्रदेश अध्यक्ष गुलावजंग शाह र उपसचिव रविन्द्रराज शर्मा सहभागी थिए भने नेपाली काँग्रेसका केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं प्रदेशका पूर्वमुख्यमन्त्री जिवनबहादुर शाही, प्रदेश अध्यक्ष ललितजंग शाह र महामन्त्री निरन्जन केसीको सहभागीता रहेको थियो ।
संयन्त्रको अर्को बैठक आगामी माघ दोस्रो हप्ताभित्र बस्ने समझदारी भएको छ भने अब जिल्ला सङ्यन्त्रका बैठकहरु पनि बस्ने संयन्त्रका संयोजक गोरख बहादुर बोगटीले जानकारी दिए ।








प्रतिक्रिया