२८ असार २०८३, आइतबार

शेरा दरबारको जग्गाबारे एमालेले माग्यो गृहमन्त्रीको जवाफ

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । नेकपा (एमाले) ले शेरा दरबारबारे गृहमन्त्री रमेश लेखकको जवाफ माग गरेको छ ।

आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमाले सांस्द वासुदेव घिमिरेले नुवाकोटको शेरा दरबारको जग्गाबारे गृहमन्त्रीसँग जबाफ मागेका हुन् ।

‘शेरा दरबारको जग्गाबारे सञ्चारमाध्यमहरूमा समाचार आएका छन्, के भएको हो, कसरी अघि बढेको हो, गृहमन्त्रीले जबाफ दिनुपर्‍यो,’ उनले भने।