
काठमाडौं, १८ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शेरा दरबारको जग्गा फिर्ता ल्याउनुपर्ने बताएका छन् ।
आज राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले शेरा दरबार जग्गा प्रकरणमा माओवादीलाई जोडेर कुप्रचार गरिएको भन्दै जग्गा फिर्ता ल्यार दोषीलाई कारबाही गर्नुपर्ने र त्यसका लागि आफू सहयोग गर्न तयार रहेको बताएका हुन् ।
बैठकमा वासुदेव घिमिरेले शेरा दरबार प्रकरणबारे प्रश्न गरेका थिए । त्यसबारे जवाफ दिँदै प्रचण्डले भने, ‘यो शेरा दरबारको विषय सुनेपछि झापाको कार्यक्रममा मैले दोषीलाई कारबाही गरियोस्, सरकारलाई म सहयोग गर्न तयार छु भनेर भनेको थिएँ । मलाई धेरै भन्नु छैन । जसरी ललिता निवासको कयौँ रोपनी जग्गा फिर्ता ल्याउन सकियो । यसरी नै जग्गा फिर्ता ल्याउन सके म सरकारलाई धन्यवाद भन्नेछु ।’









प्रतिक्रिया