
काठमाडौं, १८ पुस । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो । बुधबार १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया