
काठमाडौं, १८ पुस । विश्व नयाँ वर्षको उत्सवमा डुबेको छ ।
विश्वका कुना–कुनामा नयाँ वर्ष मनाइँदैछ । यससँगै जिम्बाबेले नयाँ वर्षको एक दिन अगाडि ठूलो निर्णय गरेको छ । यसअन्तर्गत अब देशमा मृत्युदण्ड दिइने छैन । जिम्बाबेका राष्ट्रपतिले यससम्बन्धी कानुनी आदेशमा हस्ताक्षर गरेका छन् ।
मृत्युदण्डलाई लिएर विश्वमा धेरै प्रश्न उठिरहेको बेला जिम्बाबेले यो नयाँ निर्णय लिएको हो । जसअनुसार जिम्बाबेले मृत्युदण्डको सजाय आधिकारिक रुपमा खारेज गरेको छ ।
राष्ट्रपति इमर्सन मनंगाग्वाले नयाँ कानुन लागु गरेसँगै मृत्युदण्डको सजायको प्रतिक्षामा रहेका ६० जना कैदीको सजाय अब आजीवन कारावासमा परिणत भएको छ ।








प्रतिक्रिया