६ असार २०८३, शनिबार

स्वर्णलक्ष्मी सहकारी ठगी : रविसहित ४४ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । प्रहरीले काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलन प्रकरणको अनुसन्धान सकेको छ ।

प्रहरीले अनुसन्धान प्रतिवेदन भोलि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने तयारी गरेको हो ।

प्रहरीले अनुसन्धान प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिएको छ ।

प्रहरीले ४४ जना प्रतिवादीबाट प्रहरीले एक अर्ब १९ करोड ४९ लाख रुपैयाँ बिगो मागदावी लिनुपर्ने राय पनि दिएको हो ।