
काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसार अवसरमा शुभकामना दिएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले तमु ल्होसार सम्झदा शीरमा शीरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरुको झल्झली सम्झना आउने बताए ।
प्रधानमन्त्री ओलीले लेखेका छन् ,‘आज तमु ल्होसार, गुरुङ समुदायको प्रमुख पर्व । तमु ल्होसार सम्झँदा शीरमा शीरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरुको झल्झली सम्झना आउँछ । संस्कृतिमा हामी नेपाली धेरै धनि छौँ । सबैलाई तमु ल्होसारको शुभकामना !!’








प्रतिक्रिया