३१ जेष्ठ २०८३, आइतबार

अवैध उत्खनन् रोक्न खोज्दा पालिका अध्‍यक्षले सोधे प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १४ पुस । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेका छन्।

नवनियुक्त पालिका अध्यक्ष नमोनारायण माझीले प्रमुख प्रशासकीय अधिकृत रामराजा पौडेललाई स्पष्टीकरण सोधेका हुन् । अवैध उत्खनन् रोक्न माग गर्दै अधिकृत पौडेलले प्रहरीलाई पत्रचार गरेपछि अध्यक्ष माझीले स्पष्टीकरण सोधेका हुन् । प्रमुख प्रशासकीय अधिकृत पौडेलले पुस ८ मा ग्रामथानकै झोराहाटमा रहेको प्रहरी कार्यालयलाई पत्र लेखेका थिए।

उनले लेखेको पत्रमा भनिएको छ, ‘ग्रामथान गाउँपालिका वडा नं. २ अन्तर्गतका विभिन्न नहर, सडकलगायतका सार्वजनिक स्थलबाट गैरकानूनी रूपले माटो उत्खनन् भइरहेको भन्ने जनगुनासो आएको तथा गाउँपालिकाबाट अनुगमन गर्दा समेत उत्खनन् भएको पाइएकोले त्यस प्रकारको गैरकानूनी उत्खनन् कार्य रोकी उत्खनन् कार्यमा संलग्न सवारीसाधनहरू नियन्त्रणमा लिई दिनुहुन अनुरोध छ।’