१ असार २०८३, सोमबार

साँगामा हेलिकप्टर आकस्मिक अवतरण

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । भक्तपुरको साँगामा हेली एभरेस्टको हेलिकप्टर आकस्मिक अवतरण भएको छ ।

लुक्लाबाट काठमाडौं आउँदै हेलिकप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको हो । ११ बजेर २ मिनेट जाँदा नलिन्चोक भन्दा एक माइल पूर्व आकासमा चरा हेलिकप्टरमा ठोक्किएको थियो।

हेलिकप्टरलाई खेतमै अवतरण गरिएको हो ।

हेलिकप्टरमा ६ जना यात्रु सवार थिए । हेलिकप्टरको बाहिरी भागमा केही क्षति पुगेको छ भने यात्रु सकुशल रहेका छन् ।