
काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको उमेरहद सम्बन्धी मतगणनामा पनि विवाद भएको छ ।
३२ वर्षे उमेर हदको पक्ष र विपक्षमा पाँच मतको मात्रै फरक रहँदा पुनः विवाद भएको हो । पुनः विवादपछि माओवादी केन्द्रको पदाधिकारी बैठक डाकिएको छ ।
बैठक दिउँसो ३ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बोलाइएको हो ।








प्रतिक्रिया