१ असार २०८३, सोमबार

दक्षिण कोरियामा विमान दुर्घटना : १७९ जनाको मृत्यु, २ जनाको उद्धार (अपडेट)

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुगेको छ । दुईजनाको भने जीवितै उद्वार भएको छ ।

उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ । थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो ।

विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए ।