११ असार २०८३, बिहिबार

बैतडीको लगनमा पहिलोपटक बिजुली पुग्यो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, १४ पुस । बैतडीको सिगास गाउँपालिका–३ स्थित लगन बजारमा पहिलोपटक बिजुली पुगेको छ । गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको संयुक्त प्रयासमा यहाँ बिजुली पुगेको हो ।

लामो पर्खाइपछि बत्ती बाल्न पाएपछि स्थानीय बासिन्दा खुसी रहेका भएका छन् । गाउँपालिका –३ का वडाअध्यक्ष अमरसिंह धामीले पहिलोपटक बिजुली पुग्दा यहाँका बासिन्दा निकै खुसी भएका र यस्तै खुसी ल्याउन बिजुली नपुगेका ठाउँमा विस्तारका लागि पहल भइरहेको बताए । उनले पालिकाका ठूलीसैनी लगन, चामडाया, पैरा, मल्लीसैनीलगायतका टोलमा चाँडै बत्ती बाल्ने गरी काम भएको जानकारी दिए ।

‘धेरै प्रयासपछि यहाँ विद्युत् विस्तार भएको छ । अब बाँकी रहेका टोलका लागि पनि वडा नं ३ कै चमडेखर्कमा ट्रान्सफर्मर जडानको काम भइसकेको र ती क्षेत्रमा छिट्टै बिजुली बाल्ने छौँ’, वडाअध्यक्ष धामीले भने ।