
हेटौंडा, १३ पुस । मकवानपुरको थाहा नगरपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
गत पुस ८ गते थाहा-१० मा भएको घटनामा घाइते भएका मुलगाउँ बस्ने ५३ वर्षीय हिराकाजी गोपालीको शनिबार उपचारको क्रममा मृत्यु भएको हो ।
गोपालीलाई सोही स्थान बस्ने ४७ वर्षीय जयराम गोपालीले कुटपिट गरेर घाइते बनाएका थिए । आगो ताप्ने क्रममा सामान्य विवाद हुँदा जयरामले हिराकाजीलाई कुटपिट गरेका थिए ।
हिराकाजीलाई उपचारको लागि काठमाडौंको दीर्घायु अस्पतालमा पठाइएकोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।








प्रतिक्रिया