२८ असार २०८३, आइतबार

मुगुमा दोस्रो पटक हिमपात, किसानहरु खुशी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, १३ पुस । हिमाली जिल्ला मुगुमा दोस्रो पटक हिमपात भएको छ । दोस्रो पटक हिउँ पर्दा स्थानीय कृषक हिउँदे अन्नबाली उत्पादनमा राम्रो हुने भन्दै खुशी भएका छन् ।

रारासँगै आसपासका बस्तीहरुमा पनि हिमपात भएको छ । मुर्मा, कोटील्ला, सोबा लगायत बस्तीमा पनि हिमपात भएको छ ।

मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो क्षेत्र मुगु, डोल्फू, चितै, कार्ति किम्रीमा, सोरु, खत्याडका हिमाली बस्तीमा पनि हिमपात भएको छ । मुगुमा यो वर्ष दुई पटक हिमपात भएको स्थानीय बिर्ख रोकायाले बताए ।

वर्षा र हिमपात नहुँदा चिन्तित देखिएका किसानहरु हिमपात हुन थालेपछि खुशी देखिएका छन् । हिमपातले अन्नबाली, फलफूल जडिबुटीहरु राम्रो हुने किसानहरुको आशा गरेका छन् ।

हिमपातले पर्यटकीय स्थल रारा ताल आसपास हिमपात भएपछि कपास जस्तै सेताम्मे देखिएको छ ।

शुक्रबारदेखि मौसममा बदली भएर गएरातिबाट रारामा हिमपात भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जानकारी दिएको छ । हिमपात भएपछि मुगुका हिमाल सेताम्य देखिएका छन् ।