१५ असार २०८३, सोमबार

मन्त्री पाण्डेद्वारा नेपालगञ्जस्थित निर्माणधीन विमानस्थलको निरीक्षण

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, १३ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बाँकेको नेपालगञ्जस्थित निर्माणधीन विमानस्थलको निरीक्षण गरेका छन् ।

शनिबार अछामको कलम बजारको विमानस्थल परीक्षण उडानका क्रममा नेपालगञ्ज पुगेका मन्त्री पाण्डेले नेपालगञ्जस्थित विमानस्थलकोसमेत अवलोकन गरेका हुन् ।

तीन अर्ब लागत रहेको नेपालगञ्ज विमानस्थलको भवनको २०८२ पुस मसान्तभित्र सक्ने लक्ष्य रहेको छ ।

मुख्य निर्माण कम्पनीको रूपमा रहेको शर्मा एण्ड कम्पनीले वि.स. २०७९ माघबाट निर्माण कार्य थालेको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर विमल पौडेलले जानकारी दिए ।

मन्त्री पाण्डेले निर्माण कार्य सन्तोषजनक रहेको प्रतिक्रिया दिँदै समयमै काम सकिनेमा विश्वास व्यक्त गरे ।

मन्त्री पाण्डे आजै अछामको कमलबजारमा रहेको विमानस्थल परीक्षण उडानमा सहभागी भएर काठमाडौं फर्किनेछन् ।