१७ असार २०८३, बुधबार

जानकी मन्दिरमा बेलायती राजदूतको वैवाहिक वर्षगाँठ (तस्वीरहरु)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १३ पुस । नेपालका लागि बेलायती राजदूत रब फेनले आफ्नो २२औं वैवाहिक वर्षगाँठ जनकपुरधामको जानकी मन्दिरमा मनाएका छन् । आफ्नो श्रीमति जुलिया फेनसँग धनुषाका विभिन्न क्षेत्र घुम्न आएका फेनले शनिबार आफ्नो वैवाहिक वर्षगाँठ जानकी मन्दिर परिषरमै मनाएका हुन् ।

गत वर्ष काम विशेषले जनकपुरधाम आएको बेला उनले यहाँको संस्कृति र ईतिहासले आफू निकै नै प्रभावित भएको भन्दै आफ्नो वर्षगाँठ मिथिलाशैलिमा यहीँ आएर मनाउने सोचेको बताए । उनले राम र सीताको प्रेमको चर्चा गर्दै यहाँ आएर फेरि आफ्नो श्रीमतिसँग विवाह गरेको जस्तै अनुभूति भएको बताए । उनले जनकपुरधाम विवाहको लागि उपयुक्त डेस्टिनेसन भएको धारणा राखे । उनले सम्पूर्ण बेलायतवासीलाई एक पटक जनकपुरधाम आउन आग्रह समेत गरे ।

यता, जानकी मन्दिरका उतराधिकारी महन्थ राम रोशन दास वैषणवले राजदुत फेनलाई मिथिलाशैलीमा वैवाहिक परमपरा अनुसारका पहिरण लगाइदिनुका साथै मन्त्र पाठ गरी पुनः विवाह गराएका थिए । उनले जानकी मन्दिरको ईतिहास स्मरण गर्दै प्रेमको पहिचान रहेको जानकी मन्दिर र जनकपुरधामलाई विवाह डेस्टिनेसनको रुपमा विकास गर्न सरकारसँग आग्रह गरे ।

राजदुत फेनको वैवाहिक वर्षगाँठ कार्यक्रममा प्रदेशका सभामुख रामचन्द्र मण्डल, संस्कृतिमन्त्री रानी शर्मा तिवारी, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलगायका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।