१ श्रावण २०८३, शुक्रबार

सेती खोँचमा खसेका व्यक्तिको जीवितै उद्धार

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १३ पुस । पोखरा महानगरपालिका–९ स्थित पार्वती टोल नजिकै खोँचमा खसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ ।

बिहीबार बेलुका हिँड्ने क्रममा अचानक सेती खोँचमा खसेका स्थानीय ६१ वर्षीय उजीरबहादुर पुनको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।

पुन घरदेखि नजिकै हिड्ने क्रममा अचानक धाजाँ फाटेको ठाउँमा करिब १५ मिटर तल खोँचमा खसेका थिए ।

सशस्त्र प्रहरी बल नं. २४ कालिका गण कास्की मालेपाटनको विशेष उद्धार तथा रोप रेस्क्यू टोली तत्कालै परिचालन भई उनको सकुशल उद्धार गरिएको हो ।